७ महिनापछि शव फेला

सुन्दरकुमार थकाली २०८० वैशाख ३१ गते ११:०१

जोमसोम ।
धौलागिरी आधार शिविरको झन्डै ५ सय मिटर अग्लो उचाइको फ्रेन्च पास बेसक्याम्पमा शव फेला परेको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएकाको शव शनिबार बिहान फेला परेको हो ।

शव सिन्धुपाल्चोक जिल्ला लिपा १ बस्ने २७ वर्षीय देव लामाको रहेको पर्यटनकर्मी ईन्द्रसिंह शेरचनले जानकारी दिए । उनी ७ महिनाअघि फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेश पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेको थिए । प्रतिकूल मौसमका कारण देव सम्पर्कविहीन बनेका थिए ।

धौलागिरी आधार शिविरको फ्रेन्च पास क्षेत्रमा नेपाली सेनाको हेलिमार्फत् शुक्रबार शवको खोजी कार्यअघि बढाइएको थियो ।

Advertisement

शवको खोजी नेपाली सेनाले गरेको थियो ।

खोजी कार्यमा संलग्न नेपाली सेनाको टोली विशेष उपकरणको सहायताले बेपत्ता शव पत्ता लगाइएको हो । शव रहेको स्थान पत्ता लागेपछि सेनाको हेलीमा जोमसोमबाट २ जना नेपाली सेना, मृतकका काका सुनील तामाङ र पर्यटन व्यवसायी एवं समाजसेवी ईन्द्रसिंह शेरचन शव लिन फ्रेन्च पास पुगेका थिए ।

Advertisement

पर्यटनकर्मी र एवं समाजसेवी शेरचनले मृतकको आफन्तको अनुरोधमा शव खोज्न फ्रेन्च पास पुगेको उनले बताए । समुन्द्री सतहको ५ हजार मिटर मिटरमा रहेको फ्रेन्च पासमा ५ फिटमुनि हिउँभित्र रहेको शवबाहिर निकालिएको शेरचनले बताए ।

शव नेपाली सेनाको हेलीले पोखरा हुँदै काठमाडौं सिथ्त टिचिङ अस्पतालमा पु¥याएको छ । यसअघि गत वैशाख १२ गते पनि १ भरियाको शव फेला परेको थियो । धौलागिरी आधार शिविरको स्वीस क्याम्पमा फेला परेको शव हेली मार्फत उद्दार गरिएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया