सहयोगको याचना

समाधान संवाददाता २०८० वैशाख ३१ गते १५:४४

पोखरा ।
पोखराका निर्माण व्यवसायी ईन्द्रप्रसाद शाहले आफ्नो उपचारमा सहयोग गरिदिन याचना गरेका छन् । उदयपुर घर भई ३ दशकदेखि पोखरामा निर्माण व्यवसायमा संलग्न शाह केही महिनादेखि ब्रेन ट्युमरबाट पीडित छन् ।

उनको काठमाडौँ स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पोखरामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको र उपचार महंगो तथा जटिल रहेको पारिवारिक स्रोतले बताएको छ।

उपचार महंगो भएका कारण भएको सवब रकम सिद्धिएको र उपचार गराउन कठिनाई भएकाले सहयोगीसँग हात फैलाएको उनको परिवारले जनाएको छ । उनको उपचारका लागि पोखराका सामाजिक अभियन्ता शिवराज देवकोटाले सामाजिक सञ्जालमार्फत सहयोगको आग्रह गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया