सुवर्णलाई पितृशोक

समाधान संवाददाता २०८० वैशाख ३१ गते १६:५४

पोखरा ।
नेकपा (एमाले ) जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुवर्ण श्रेष्ठलाई पितृशोक परेको छ ।

सुवर्णका पिता विष्णुप्रसाद श्रेष्ठको ६६ वर्षको उमेरमा आइतबार बिहान निधन पोखरा १७मा भएको हो । विष्णुप्रसाद लामो समयदेखि क्यान्सर रोगका बिरामी थिए । विष्णुप्रसादका ३ छोरा १ छोरी छन् ।

पोखरा १७ बिरौटा शिशु निकेटनमार्गबाट शवयात्रा सुरु भई तुलसीघाटमा अन्त्येष्ठी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

Advertisement

बागलुङमा जन्मेका विष्णुप्रसाद नेवा खलः बिरौटा तथा शिशु निकेटन टोल विकास लगायत सामाजिक संघ संस्थाका क्रियाशिल थिए ।

Advertisement

तपाईको प्रतिक्रिया