१६० को स्वास्थ्य जाँच

समाधान संवाददाता २०८० जेठ २१ गते १५:०१

पोखरा ।
बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीमा निःशुल्क स्वास्थ्य शिविर एवं आँखा जाँच आयोजना गरिएको छ । शिविरमा १ सय ६० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य सुजन आचार्य र मनु कार्कीले जानकारी दिए ।

शिविरमा मणिपाल शिक्षण अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोग र आँखा जाँच सेवा उपलब्ध गराएका थिए । मणिपालका सहायक बजार प्रबन्धक खिम लमिछानेले मनिपाल शिक्षण अस्पतालको सामुदायिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य शिविरमा सहयोग गर्ने गरिएको बताए ।

समाज कल्याण परिषद स्वास्थ कोषको सहकार्यमा सञ्चालित शिविरमा मधुमेह तथा थाइराइड रोग बिषेशज्ञ डा रमेशराज आचार्यले ९६ वर्षीय झम्कनाथ आचार्यको स्वास्थ्य जाँच गरी कार्यक्रम सुरुआत गरेका थिए । समाज कल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी सचिव सुनिता भण्डारीले ज्येष्ठ नागरिकको उचित हेरचाह गर्नुका गर्दै उनीहरुको ज्ञान, सीपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement

कार्यक्रम बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारी सचिव मोती भुजेलको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया