रंगशाला हरियाली बनाउन अभियान

समाधान संवाददाता २०८० जेठ २३ गते १५:२८

पोखरा ।
ग्लोबल आइएमई बैंकले पोखरा रंगशालालाई हरियाली बनाउन अभियान सुरुवात गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमइले रंगशाला परिसरमा वृक्षारोपण गरेको हो ।


वृक्षारोपण गरी रंगशाला हरियालीसँगै वातावरण मैत्री अभियान अघि बढाएको बैंकका गण्डकी प्रदेश कार्यालय प्रबन्धक नारायणप्रसाद पौडेलले बताए । सोमबार पोखरा रंगशाला परिसरमा १ सय ४ वटा विभिन्न जातका विरुवा रोपिएका छन् ।

पौडेलले भने, ‘हामी पोखरा रंगशालालाई वातावरण मैत्री बनाउने अभियानमा छौं । आजबाट यो कामको सुरुवात भएको छ ।’

Advertisement


रोपिएका विरुवाको संरक्षणका लागि बैंकले पहल गर्ने उनले बताए । बैंक प्रधान कार्यालयकी निकिता भण्डारीले देशभरी नै यो अभियान सुरुवता गरिएको बताइन् ।


सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, पश्चिमाञ्चाल क्षेत्रीय खेलकुदका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपाली। कास्की जिल्लामा रहेका विभिन्न शाखाका प्रवन्धक तथा कर्मचारीसमेत सहभागी थिए ।

Advertisement


आइएमइ बैंकका देशभर ३ सय ५७ शाखा छन् । गण्डकीमा ४५ शाखा छन् ।

तपाईको प्रतिक्रिया