प्रदेश स्तरीय टेबुलटेनिस हुने

समाधान संवाददाता २०८० जेठ २३ गते १५:३२

पोखरा ।
सृजना सेकेन्डरी स्कुलमा गठित सृजना लिडर्स क्लबको आयोजनामा एसइई टेबुल टेनिस प्रतियोगिता २०८० हुने भएको छ ।

विद्यार्थीको सृजनशील क्षमता प्रस्फुटन गराउने उद्देश्यका साथ एसइई दिएर बसेका विद्यार्थीबीच प्रतियोगिता सञ्चालन गर्न लगिएको प्रतियोगिताका संयोजक अञ्जन थापाले बताए ।


प्रदेश स्तरीय यो प्रतियोगिता असार १ र २ गते हुनेछ । प्रतियोगिताका सहभागिताका लागि सोमबारदेखि ३० गतेसम्म टिम दर्ता गर्न सकिनेछ । प्रतियोगिता छात्र छात्रा तर्फबाट सिंगल र डबल इभेन्टमा खेल हुनेछ । तर प्रतियोगीले कुनै एक इभेन्टमा मात्र पनि भाग लिन पाउने छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय (दुई) स्थान हासिल गर्नेलाई क्रमशः ५ हजार ३ हजार १ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया