माछापुच्छ्रे विद्यालयमा फाेहाेर संकलन प्रतियाेगिता

समाधान संवाददाता २०८० जेठ २३ गते १६:१९

पोखरा ।
माछापुच्छ्रेमा रहेको माछापुच्छ्रे माध्यमिक विद्यालयमा क्रियाशील विद्यार्थी समूह ‘ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ले पचासौँ विश्व वातावरण दिवस मनाएको छ । कार्यक्रममा घर वरपरका फोहर संकलन गर्ने प्रतियोगिता भएको थियो ।

१०/१० जनाको ३० समूहले ५१९ केजी फोहर संकलन गरेको क्लवकी अध्यक्ष नम्रता गुरुङले बताइन् । प्रतियोगितामा विजयी समूहलाई अन्नपूर्ण संरक्षण क्षेत्र सार्दिखोला चेकपोस्टका प्रमुख श्रीकृष्ण न्यौपानेले पुरस्कार वितरण गरे । प्रतियोगिताले विद्यार्थी, अभिभावक सबैमा वातावरण र सरसफाइ सम्बन्धी सचेतना थप्ने काम गरेकाे न्यौपानेको भनाइ थियो ।

विद्यालयले प्रत्येक कक्षालाई भाषा, व्यवसाय, प्रकृति संरक्षण, नेतृत्व विकासलगायतका विभिन्न थिममा क्रियाशील गराइरहेको छ । विद्यालयका प्रध्यानाध्यापक सन्तोष आचार्यले विद्यार्थीलाई पाठ्यक्रमले तोकेका निर्धारित सक्षमतालाई सहयोग पुग्ने गरी प्रत्येक कक्षालाई छुट्टाछुट्टै थिममा सक्रिय बनाउँदा सिकाइसमेत प्रभावकारी बनेको बताए ।

Advertisement

प्रध्यानाध्यापक अचार्यका अनुसार करिव सात सय विद्यार्थी रहेको विद्यालय क्रियाकलापका आधारमा देशकै उदाहरणीय स्कुल बन्न सफ भएको छ साथै विद्यालयका शैक्षिक गतिविधि अवलोकन गर्न देशका थुप्रै विद्यालय यहाँ आउने गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया