पवनको अध्यक्षतामा कब्बडी संघ

समाधान संवाददाता २०८० जेठ २५ गते १०:५६

पोखरा ।
पवनकुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश स्तरीय कब्बडी संंघ गठन भएको छ । पोखरामा मंगलबार भएको प्रथम अधिवेशनले प्रजापतिको अध्यक्षतामा सर्वसम्मत १२ सदस्यीय कार्यसमिति गठन गरेको हो ।


समिति अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्षसमेत हुन् । उपाध्यक्षमा भरतकुमार श्रेष्ठ र निराजन श्रेष्ठ, सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापामगर चुनिएका छन् ।


नवगठित कार्यसमितिको सदस्यमा सन्दीप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रवीन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेजबहादुर विष्ट छन् । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटकसमिति गठन भएको हो ।

Advertisement


प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषिराम गौतम र नेपाल कब्बडी संघका राष्ट्रिय उपाध्यक्ष वीरेन्द्रकुमार यादवको विशेष उपस्थितिमा भएको भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया