नेपाली साहित्य महसंघ गण्डकीमा प्रकाश

समाधान संवाददाता २०८० जेठ ३० गते १३:३६

पोखरा ।
विश्व नेपाली साहित्य महासंघ(विनेसाम) नेपाल गण्डकी अध्यक्षमा प्रकाश अधिकारी चुनिएका छन् । संस्थाको शनिबार भर्चुअलरूपमा आयोजित गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रमले अधिकारीको अध्यक्षमा १५ सदस्यीय गण्डकी प्रदेश समिति चुनेको हो ।


समिति उपाध्यक्षमा आरती आचार्य (म्याग्दी) सचिव प्रेम थापा (बागलुङ), सहसचिवमा प्रदीप नेपाली (पर्वत) र कोषाध्यक्ष सावित्री गिरी (पोखरा) छन् । सदस्यमा नवराज न्यौपाने ‘मौन’ (तनहुँ), निर्मला सुवेदी (बागलुङ), अमृता पोख्रेल (पोखरा), सपना पौडेल ‘भाविका’ (पोखरा), सम्झना थापा (स्याङ्जा), सरस्वती शर्मा जिज्ञासु (पर्वत)र घनश्याम पौडेल (पोखरा) छन् ।


बाँकी ३ सदस्य पछि थपिने विनेसाम केन्द्रीय संगठन सचिव र नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले जानकारी दिइन् ।

Advertisement


नवनिर्वाचित प्रदेश अध्यक्ष अधिकारीले नेपाली साहित्यमा देखिएका अनेक समस्यालाई चिर्दै समग्र नेपाली साहित्यको उन्न्नयन र विकासका लागि योगदान गर्ने प्रण गरे । उनले नेपाली साहित्यले विश्व साहित्यमा दह्रो उपस्थित जनाउन अहिलेका प्रतिभावान तथा अध्ययशील लेखकले हस्तक्षेप गर्ने र त्यसको नेतृत्व विनेसामले गर्ने जनाए ।


त्रिपुरा विश्वविद्यालय भारतका कुलपति प्राडा गंगाप्रसाद प्रसाईंले विनेसामको साहित्यिक गतिविधिको प्रशंसा गरे । उनले नेपाली स्रष्टा र सिर्जनाले प्रभावित भएको भन्दै विश्व स्तरीय साहित्यिक सम्मेलन गर्न सुझाए ।
विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ले संस्था १३ वर्षदेखि नेपाली साहित्यको उन्नयन र सेवामा दत्तचित्त भइ लागेको जनाए ।
सँगै भएको सिर्जना वाचनमा मोहनराज खनाल, चन्द्रावती अधिकारी, गोपालकुमार मैनाली, सुमी पोखरेल, सरस्वती श्रेष्ठ, प्रदीप नेपाली, कृष्णबहादुर केसी, इन्दिरा गौतम, चरित्रा शाह, गीता अर्याल, सुरेशकुमार पाण्डे, सावित्री गिरी, गोपीराम भण्डारी, प्रकाश अधिकारी, नवराज न्यौपाने, प्रेम थापा, बद्री ढकाल, हिरामणि लगायतले रचना सुनाए ।

Advertisement


कार्यक्रममा महासंघका नेपाल च्याप्टर उपाध्यक्ष सीता विष्ट कार्की, सल्लाहकार ऋषिराम सापकोटा, लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेल, प्राज्ञहरु कविता आले, महानन्द ढकाल, डा घनश्याम परिश्रमी र डा इन्द्रबहादुर भण्डारी, डा गोकुल क्षेत्रीय र विनेसाम महासचिव सुनिता राई कन्दङ्वाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया