फेवाको सिमसारका प्लटिङमा महानगरको डोजर

समाधान संवाददाता २०८० जेठ ३० गते १७:४५

पाेखरा ।

पोखरा महानगरपालिकाले फेवा तालको सिमसार क्षेत्र पुरेर बनाइएको प्लटिङमा डोजर चलाएको छ । महानगरपालिकाको नगर प्रहरीको टोलीले मंगलबार डोजर लगाएर प्लटिङ भत्काएको हो ।

महानगरको अनुमति बिना सिमसार क्षेत्रमा गरिएका प्लटिङहरु भत्काइएको महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले समाधानलाई जानकारी दिए ।

Advertisement

‘हामीले सोमबार अनाधिकृत रुपमा पामे क्षेत्रमा बनाइएको प्लटिङहरु भत्काएका छौं, अहिलेसम्म ७०/८० रोपनीमा गरिएका प्लटिङ भत्काएका छौं, अहिले पनि भत्काउँदै छौं’, थापाले भने । मेयर धनराज आचार्यले सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन सोमबार नगर प्रहरीलाई निर्देशन दिएका थिए ।

देवेन्द्र केसी र प्रकाश केसीको जग्गामा बनाइएका प्लटिङ भत्काइएको हो । सिमसार क्षेत्र पुरेर धमाधाम प्लटिङ भइरहँदा समेत महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै महानगरपालिकाका मेयर धनराज आचार्यको चर्काे आलोचना भइरहेको थियो ।

Advertisement

पामेका स्थानीयबासीले आफ्नो जग्गा प्लटिङ गर्न पाउने पर्ने माग राख्दै आइतबार महानगरमा प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया