गौरीशंकर स्कुललाई देवीस्थान समाजकाे सहयोग

समाधान संवाददाता २०८० जेठ ३१ गते ११:३३

पोखरा ।
पोखरा २५ हेमजामा रहेको गौरीशंकर आधारभूत विद्यालयलाई देवीस्थान सेवा समाज हेमजाले २५ हजारसहयोग गरेको छ ।

विद्यालयमा कक्षा ४ र ५ मा हुने कम्प्युटर विषयको पढाइलाई प्रभावकारी बनाउन समाजले १ थान कम्प्युटर खरिदका लागि २५ हजार रुपैयाँ सहयोग गरेको हो ।


आइतबार समाजका अध्यक्ष हरिशरण पौडेलसहितको समाजको टोलीले विद्यालयका प्रधानाध्यापक डिल्लीराम तिम्सिना र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणबहादुर कुँवरलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

Advertisement


विद्यालयमा अहिले एउटामात्र कम्प्युटर छ । समाजका अध्यक्ष पौडेलले विद्यालयमा कम्प्युटर विषय थप गरी समयसापेक्ष विद्यार्थीलाई सबल बनाउने कोशिस गरेकोमा धन्यवाद दिए ।


विद्यालय व्यवस्थापन समिति कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक तिम्सिना र कम्प्युटर शिक्षका ईन्दु पुन, शिक्षक अभिभावक संघका सदस्य कृष्णमान श्रेष्ठ, व्यवस्थापन समिति सदस्य विष्णुप्रसाद तिम्सिना लगायतले बोलेका थिए ।

Advertisement

२०४६ मा स्थापना भएको यस विद्यालयमा अहिले ५७ विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया