पुरुष हक्कीमा कास्की प्रथम

समाधान संवाददाता २०८० जेठ ३१ गते १२:१३

पोखरा ।

पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्की प्रतियोगितामा कास्की प्रथम भएको छ । उपागिका कास्कीले तनहुँलाई १–० गोल अन्तरले हराएको हो ।


निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुबैतर्फबाट बराबरी १ गोल भएपछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको प्रतियोगितामा तनहुँ कास्की स्याङ्जा, पर्वत, बागलुङको सहभागिता थियो ।

Advertisement


प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः २० हजार र १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कास्की जिल्ला हक्की संघ अध्यक्ष मिलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद प्रकाश बराल र संघका राजन पौड्यालले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया