टेबुलटेनिस च्याम्पियनसिप सुरु

समाधान संवाददाता २०८० जेठ ३१ गते १२:१७

पोखरा ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरीय टेबुलटेनिस च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ ।


खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले टेबुलटेनिस लगायतका सबै खेल संघहरुलाई परिषद्ले सहयोग गरेको हुँदा खेलाडीले धेरैभन्दा धेरै फाइदा लिन सक्नुपर्ने वताए ।

Advertisement


जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाबाट २६ खेलाडी र ८ व्यवस्थापक एवं प्रशिक्षक सहभागी छन् । कार्यक्रममा कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशी, सचिव कृष्ण रानाभाट, प्राविधिक संयोजक रजन सुब्बा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया