पोखरा २ मा वक्तृत्वकला प्रतियोगिता

समाधान संवाददाता २०८० असार ३ गते ११:३१

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २ को बालमञ्चको आयोजनामा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा सत्कार पौडेल प्रथम, कृतिका क्षेत्री द्वितीय र दिव्यासी हमाल तृतीय बने ।


बालहितकारी परियोजना नेपालको सहयोगमा कार्यक्रम भएको हो । वडा नं. २ मा रहेका बालमञ्च, बिन्ध्यवासिनी मावि, सनफलावर र ज्ञानुबाबा आवासीय स्कुलका विद्यार्थी सहभागी थिए ।


पोखरा २ मा रहेको वडा स्तरीय बाल मञ्चका अध्यक्ष अस्मित पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विन्ध्यबासिनी माविका शिक्षक कमलप्रसाद लामिछानेको नेतृत्वमा रहेको निर्णायक मण्डल निर्माण गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया