कपडा व्यवसायीको स्वास्थ्य जाँच

समाधान संवाददाता २०८० असार ३ गते १३:२५

पोखरा ।
कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा कोलेस्ट्रोल र मधुमेहको निःशुल्क परीक्षण शिविर भएको छ । विद्या डाइबेटिज एन्ड फिटनेस सेन्टरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ८० जनाको जाँच गरिएको एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।


सो अवसरमा रक्त परीक्षणमा ४० प्रतिशत छुटसहित विज्ञहरुद्वारा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको छ । एसोसिएसनमा आबद्ध व्यवसायीको सुविधाका लागि स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले जनाए । यस प्रकारको कार्यक्रम अब नियमित आयोजना गर्ने संस्थाको तयारी छ ।


कार्यक्रममा विद्या डाइबेटिजका डा अनुराग तिवारीसहित प्राविधिकहरुले आवश्यक सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया