महिलालाई उद्घोषण तालिम

समाधान संवाददाता २०८० असार ३ गते १३:३८

पोखरा ।
पोखरा ७ ले वडाका दलित महिलालाई लक्षित गरी आयोजना गरेको ३ दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सकिएको छ ।


कार्यक्रमाम पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले वडा भित्रका सबै क्षेत्रमा आवश्यकता अनुसारका योजना र सामाजिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने बताए । जनप्रतिनिधिलाई झक्झकाउने दायित्व वडावासीको हुने जनाउँदै उनले स्थानीयको सक्रियताले नै विकास, निर्माणमा फड्को मार्न सकिने उल्लेख गरे ।


वडा सदस्यहरु वसुन्धरा लामिछाने र अर्जुन थापाले प्रशिक्षार्थीलाई बोल्ने कला विकास गरेकोमा बधाईसहित सामाजिक कार्यमा अगाडि बढ्न आग्रह गरे । पत्रकार मधु अधिकारीले तालिम छोटो समयको भए पनि प्रशिक्षार्थीले सिकेका कुरालाई व्यवहारमा उतार्ने अपेक्षा गरे ।

Advertisement


कार्यक्रम संयोजक सुनिता सुनारको अध्यक्षतामा भएको कार्यक्रमा वडा सचिव राजेन्द्र पौडेल, सहभागीको तर्फबाट सविना परियार, सम्झना परियार र भावना परियारले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया