पहिरोले पुरिएर तनहुँको गुणादीमा २ जनाको मृत्यु

समाधान संवाददाता २०८० असार ५ गते १४:०३
फाइल फाेटाे

दमौली ।


तनहुँको गुणादीमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ । झापाको शिवसतासी नगरपालिका ७ घर भएका ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका ७ घर भएका ४० वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत सडक छेउमा सोमबार पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर ३ जना घाइते भएका थिए । पहिराले पुरिएर घाइते भई उपचारका लागि पोखरा पठाइएका उदयपुरका बलबहादुर राईको पोखरामा मृत्यु भएको हो ।

Advertisement

झापाको शिवतासी भीम भुजेलको सोमबार नै दमौली अस्पतालमा मृत्यु भएको थियो । म्याग्दे गाउँपालिका गुणादीमा पहिरोको ढिस्कोले पुरिएर उनीहरु घाइते भएका थिए । घाइते एकजनाको भने दमौलीमा नै उपचार भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया