शुक्ला साहित्यमा कविता वाचन

समाधान संवाददाता २०८० असार ३१ गते १४:०५

पोखरा ।
शुक्ला साहित्य प्रतिष्ठानले २१० औं आदिकवि भानुभक्त जयन्तीको अवसरमा कविता वाचन तथा श्रवण कार्यक्रम गरेको छ ।


त्यस अवसरमा मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँले आदिकवि भानुभक्त आचार्यले नेपाल र नेपालीलाई गीत, कविता र लयको संसार नै उपहार दिएको बताए । भानुको महिमा अपराम्पार रहेको हुँदा सबैले भानुको स्मरण गर्न आवश्यक रहेको उनले औंल्याए ।


शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, अग्निधर शर्मा, नेत्रबहादुर बानियाँ सल्लाहकार सुवास अधिकारी, शिवप्रसाद त्रिपाठी साथै आजीवन सदस्य पुष्पराज तिमिल्सिना, मोहनप्रसाद पौडेल र वरिष्ठ मनोरोग चिकित्सक प्रा.डा निर्मल लामिछाने, वरिष्ठ रेडियोलोजिस्ट डा. कालु शर्मा लगायत धेरै श्रष्टाहरूले भानुमा आधारित कविता वाचन गरे ।

Advertisement


कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य स्रष्टा मोहनकुमार सुनारको कृति ‘मेरो देशको’ को लोकार्पणसमेत गरियो ।

कार्यक्रममा स्रष्टा परिचय शुक्ला साहित्य प्रतिष्ठानका सह–सचिव सञ्जय थापाले राखे । ‘मेरो देश’ कविता संग्रहको समीक्षा शुक्ला साहित्य प्रतिष्ठानका सल्लाहकार असफल गौतमले गरे । उनले ‘मेरो देश’ कविता संग्रह उच्चस्तरीय शीर्षक रहेको र वास्तविक जीवनलाई कवितामा जस्ताको तस्तै मेल खाने गरी उतारिएकोमा ‘मेरो देश’ का रचनाहरु प्रशंसनीय रहेको सुनाए ।

Advertisement


शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरि बरूवालले साहित्य सिर्जना गर्ने व्यक्ति सधै अमर रहने र अबको पुस्ताले पनि साहित्य सिर्जनामा जोड दिनुपर्ने खाँचो औंल्याए । प्रतिष्ठानका अध्यक्ष बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका प्रथम उपाध्यक्ष दुर्गा बस्नेतले राखेका थिए । उनले आदिकवि भानुभक्त आचार्यको चर्चा परिचर्चा गर्नुको साथै कविता बाचनसमेत गरे । कार्यक्रममा विभिन्न संस्थाका करिब ७० जनाभन्दा बढी साहित्यप्रेमीहरु साथै बिभिन्न व्यक्तिहरूको उपस्थित थियो । कार्यक्रम सञ्चालन शुक्ला साहित्य प्रतिष्ठानका सचिव दीपेन्द्र बानियाँले गरेका थिए ।

तपाईको प्रतिक्रिया