खानेपानी टंकी उद्घाटन

समाधान संवाददाता २०८० साउन २३ गते १६:०४

पोखरा ।
हेमजामा रहेकाे विष्णुपादुका उच्च मावि १० हजार लिटरको खानेपानी टंकीको उद्घाटन भएकाे छ । लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजनामा हजेली एकडेमी यु.के.का २३ जना विद्यार्थीहरुले खाजाको रकम कटाएर २ लाख रुपैयाँको सहयोगमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ जे का प्रथम डिस्ट्रिक गभर्नर मिलन थापाबाट सम्पन्न विद्यालयलाई आवश्यक शुद्ध खानेपानीका लागि लायन्स क्लब पोखरा अन्नपूर्णले सहयोग गरेकोमा धन्यवाद दिए ।


खानेपानी परियोजनाका निर्देशक सोनाम साङपोले पोखरा वरिपरि सरकारी विद्यालय ४२ वटा विद्यालयलाई २ लाख रुपैयाँको दर सहयोग गरेको थप सराङकोट, आर्बा विजय विद्यालयहरुमा खानेपानी टंकी निर्माणाधीन रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपाली यस विद्यालयलाई छनोट गरी सहयोग गरेको खुसी व्यक्त गरे । जोन चियरपर्सन सुजन श्रेष्ठले शुद्ध खानेपानी जस्तो उत्तम कार्य उपलब्ध गरेर क्लबले राम्रो काम गरेको बताए ।

Advertisement


विद्यालय प्रधानाध्यापक दीपकराज पौडेल ले विदेशी साना साना विद्यार्थीहरुले आर्थिक सहयोग गरेर विद्यालयलाई ठूलो गुन लगाएको बताए । डिस्ट्रिकका वरिष्ठ एडभाइजर रुद्र घले, पूर्व अध्यक्ष दिनेश तुलाचन, लायन्स क्लब हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ लायन्स क्लब अन्नपूर्ण नाइसका अध्यक्ष तीर्थ श्रेष्ठले शुुभकामना मन्तव्य राखे ।

उक्त कार्यक्रमको स्वागत भाषण प्रथम उपाध्यक्ष गणेश छवि कार्यक्रमको सभापतित्व लायन्स क्लब अन्नपूर्णका अध्यक्ष विष्णुकुमार गुरुङ कार्यक्रम सञ्चालन सचिव दुर्गा जोजिजुले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया