‘महिला सबै क्षेत्रमा अघि बढौं’

समाधान संवाददाता २०८० साउन २४ गते ११:०४

पोखरा ।
अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष टुका हमालले महिला सशक्तीकरण आन्दोलनका अनेक पक्ष रहेको उल्लेख गरेकी छन् । उनले महिलाको अधिकार संविधान, ऐनहरुमा लेखेरमात्र नहुने, व्यवहारमा कार्यान्वयन गर्ने सबै क्षेत्रमा महिलालाई सम्मानजनक स्थान दिनुपर्नेमा जोड दिइन् ।


ठकुरी महिला परिवार कास्कीले मंगलबार संस्थामा आवद्ध महिलालाई सशक्तीकरण गर्न आयोजना गरेको कार्यक्रममा हमालले यस्तो विकास राखेकी हुन् । ‘महिला राजनीतिसहित सबै क्षेत्रमा अघि आउनुपर्छ । त्यसका लागि समाजका हरेक तप्का र राज्यका संयन्त्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ ।’


नारी जागरण अभियानको समन्वयमा कार्यक्रम भएको हो । अभियानकी संयोजक अञ्जु क्षेत्रीले आर्थिक रुपमा आत्मनिर्भर र उद्यमशील बन्न जरुरी भएको औंल्याइन् । अझै धेरै महिला खानपिन, रमाइलोमै भुल्ने गरेको जनाउँदै उनले अधिकार प्राप्ति र सांस्कृति रुपान्तरणलाई लक्ष्य मानेर अघि बढ्न आग्रह गरिन् ।

Advertisement


पूर्व प्रदेशसभा सदस्य डा पुष्पा केसी भण्डारी परिवर्तनका लागि इच्छाशक्ति जरुरी हुने औंल्याउँदै भाषणले मात्र परिवर्तन नहुने उल्लेख गरिन् ।

ठकुरी महिला परिवार कास्की अध्यक्ष सरस्वती हमालको अध्यक्षतामा भएको कार्यक्रममा ठकुरी समाज कास्की सल्लाहकार अनिल शाही, महिला नेतृ रञ्जना सेन, पोखरा ५ की वडा सदस्य कल्पना क्षेत्री भुवाजी, क्षेत्री समाज प्रदेश सचिव लक्ष्मी अधिकारी, अभियानकी सल्लाहकार पर्वती कार्की, सचिव लक्ष्मी शाही लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया