महायज्ञमा पुनद्वारा ५० हजार सहयोग

समाधान संवाददाता २०८० साउन २४ गते १२:४२

पोखरा ।
शिशुवा ज्येष्ठ नागरिक समाज कास्कीद्वारा आयोजित शिवपुराण एवं पुरुषोत्तम महात्म्य स्वराट ज्ञान महायज्ञ त्रिनेत्रश्वर शिव मन्दिर शिशुवामा साउन १ गतेदेखि सञ्चालन भइरहेको छ ।


ज्येष्ठ नागरिकको भवन निर्माण सहयोगार्थ सञ्चालित महायज्ञमा भक्तजनहरुको उत्साहजनक उपस्थिति रहेको सचिव ताराप्रसाद पौडेलले बताए । महायज्ञ अन्तर्गत मंगलबारका प्रमुख अतिथि पूर्व मन्त्री तथा सामाजिक कल्याण प्रतिष्ठान नेपालका संरक्षक उत्तम पुनले ज्येष्ठ नागरिक समाज कास्कीलाई नगद ५० हजार ५ सय ५ सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा पुनले ज्येष्ठ नागरिकको भलाइका लागि आफ्नो संस्था र व्यक्तिगत रुपमा पनि आफूले सहयोग गर्ने सुनाए । ‘मन्दिरमा गएर घण्टी बजाएर मात्रै धर्म गरेको मानिँदैन, आफ्नै घरमा भएका बाआमालाई माया, स्नेह, स्याहारसुसार गर्ने हो भने धर्म गर्न मन्दिर जानै पर्दैन,’ उनले भने । साउन ३२ गतेसम्म चल्ने ज्ञान महायज्ञमा युवा पण्डित राजन अधिकारीले कथा वाचन गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया