स्याङ्जा र तनहुँमा भारी वर्षा मापन

समाधान संवाददाता २०८० साउन २४ गते १३:०१

पाेखरा ।

स्याङ्जा र तनहुँमा बुधबार भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे बाढी पूर्वानुमान महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा गरिएकाे हो । यहाँ थप वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।

Advertisement

स्याङ्जामा २४ घन्टामा १५७ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको बन्दीपुरमा १४४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा थाेरै वर्षा मापन राेल्पामा २‍.२ मिलिमिटर र पधमपुरमा ३.६ मिलिमिटर वर्षा मापन भएकाे छ ।

आज दिउँसो र राति पनि गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया