शुक्रबारदेखि जेसीज सप्ताह

समाधान संवाददाता २०८० साउन २५ गते १३:०४

पोखरा ।
सामाजिक विकास क्षेत्र अन्तर्गत पोखरा लेडी जेसीजले जेसीज सप्ताह २०२३ गर्न लागेको छ । ‘महिला सशक्तीकरणका लागि हाम्रो अभियान’ भन्ने नाराका साथ साउन २६ देखि ३२ गतेसम्म सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गरी सप्ताह गर्न लागेको कार्यकारी उपाध्यक्ष प्रमिला सुवेदीले जानकारी दिइन् ।


उनले सप्ताहको शुक्रबार उद्घाटन समारोहसँगै महिला तथा विद्यार्थीलाई लक्ष्य गरी साइबर क्राइमसम्बन्धी तालिम सञ्चालन गरिने बताइन् । जेसीज सप्ताहक मुल संयोजक सुवेदीले सप्ताह अन्तर्गत पोखरा १८ को बाल सुधार गृहमा निशुल्क स्वास्थ्य शिविर तथा पोखरा २६ विजयपुरको भवानी कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण गरिने जानकारी दिइन् ।

उनले पोखरा १ बगरमा रहेको स्वस्तिक हस्तकला उद्योगमा महिलाका लागि ३ दिनसम्म सीपमूलक तालिम प्रदान गरिने उल्लेख गरिन् । उनले सप्ताहको समापन कार्यक्रमसँगै टुटुगांमा रहेको आरोग्य आश्रमका असहाय बिरामीलाई आवश्यक सामग्री र खाद्यान्न वितरण गर्ने कार्यक्रम सुनाइन् ।

Advertisement


पोखरा लेडी जेसीज २०२३ की अध्यक्ष लक्ष्मी कुँवर (लता)ले वार्षिक कार्ययोजना अन्तर्गत जेसीज सप्ताह गर्न लागेको बताइन् । ‘व्यक्ति तथा नेतृत्व विकासमा अलवा समाजमा रचनात्मक तथा सिर्जनात्मक गरी ८९ कार्यक्रम गरेका छौं,’ अध्यक्ष कुँवरले भनिन्, ‘व्यक्तिगत, व्यवसाय, सामुदायिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जेसीजले काम गरेको छ ।’ उनले सामुदायिक विकासतर्फ नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर जागरुक युवा महिलाल जेसीज सप्ताह मनाउँदै आएको उनको भनाइ छ ।


कार्यक्रममा पोखरा लेडी जेसीज वर्ष २००७का अध्यक्ष मिनु कुँवर श्रेष्ठ, जेसीस वर्ष २०२२ का अध्यक्ष लक्ष्मी अधिकारी, जेसीस वर्ष २०२३ का सामुदायिक उपाध्यक्ष दीपा पौडेल, सचिव अनिता खडका, कोषाध्यक्ष सम्झना थापा क्षत्रीले जेसीज सप्ताहका बारेमा बोलेका थिए । ‘दिगो विकासका लागि असल नेतृत्व’ भन्ने नाराका साथ पोखरा लेडी जेसीसले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया