जन्मदिनमा सिलाई मेसिन प्रदान

समाधान संवाददाता २०८० साउन २५ गते १४:२९

पोखरा ।
थोरै आम्दानी भएका लक्षित वर्गलाई आत्मनिर्भर हुन सघाउन पोखरा बैदामका पर्यटन व्यवसायी गणेशराज पहारीले जन्मदिनको अवसरमा सिलाई मेसिन दिएका छन् । उनले लक्षित वर्गका ६ जनालाई सिलाई मसिन हस्तान्तरण गरेका हुन् ।


सिलाई कटाई गरी जीवन निर्वाह गर्दै आएका पोखरा बैदामका स्थानीयमध्ये मसिन अत्यावश्यक भएका ६ जनालाई पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी पहारीले सहयोग गरेका हुन् ।


विन्देश्वरी होम सेन्टर एन्ड फर्निचर प्रालि पोखराका सञ्चालक डा सुन्दर पौडेलको सहयोगमा प्राप्त भएका मसिन हस्तान्तरण गरिएको हो । खहरे टोल विकास संस्था तथा खहरे आमा समूहको समन्वयमा ती महिलालाई जीविकोपार्जनमा सघाउने उद्देश्यले सहयोग गरेको पहारीले बताए ।

Advertisement


सामाजिक उत्तरदायित्व वहन गर्दै मसिन सहयोग गरेको विन्देश्वरी होम सेन्टरमा सञ्चालक पौडेलले बताए । बेरोजगार बढिरहेको अवस्थामा स्वरोजगार हुने वातावरण बनाउन सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने जनाउँदै उनले जापानमा विद्यावारिधि गरेर देशमै केही गर्नु पर्छ भनेर पोखरामा व्यवसाय गर्दै आएको बताए ।


स्थनीय देवका परियार, पार्वती परियार, कुलबहादुर परियार, मीना परियार र ताराबहादुर परियारलाई सिलाई मसिन हस्तान्तरण गरिएको हो । टीकाराम परियाले गरिखाने मसिन पाउँदा खुसी लागेको बताए । स्थानीय खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारी, संस्थापक अध्यक्ष नानीमाया सिग्देल, निवर्तमान अध्यक्ष मैयाँ थापा र खहरे टोल विकास संस्थाका सचिव निर्मल पहारीले पर्यटन व्यवसायी पहारीलाई धन्यवादसहित जन्मदिनको शुभकामना दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया