डिभिजन वनको वृक्षरोपण

समाधान संवाददाता २०८० साउन २६ गते १२:४६

पोखरा ।
डिभिजन वन कार्यालय कास्कीले बिहीबार वृक्षरोपण गरेको छ । कार्यालयले ९० डाले घाँस प्रजातिको बिरुवा राईखनिउ र १० लप्सीका बिरुवा जयकोट सामुदायिक वनमा रोपेको हो ।


डिभिजनल वन अधिकृत केदार बरालले ‘उत्पादन रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको बताए । जयकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष क्षेत्रबहादुर कार्कीले सामुदायिक वनको संरक्षण र सम्बद्र्धनका लागि उपभोक्ताको ठूलो भूमिका रहेको जनाए ।


बरालका अनुसार कास्कीमा २१ हजार ६ सय ९५ हेक्टरमा सामुदायिक वन छ । ५ सय ११ वटा सामुदयिक वनमा ४७ हजार ३ सय ३८ लाभान्वित घरधुरी छन् । धार्मिक वन ११.२ हेक्टर र निजी वन २४.४५ हेक्टरमा छ । धार्मिक वन ५ वटा र निजी वन ४० वटा छन् ।

Advertisement


हाल देशभर १७ लाख ९८ हजार ७ सय ३३ हेक्टरमा १८ हजार ९ सय ६० सामुदायिक वन छन् । नेपालमा पहिलो सामुदायिक वन सिन्धुपालचोकको ठोगर्व गाउँपञ्चातमा साउन २५ मा हस्तान्तरण गरेको दिनको स्मरणमा २०७० देखि सामुदायिक वन राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया