पोखरामा युवा दिवस मनाइयो

समाधान संवाददाता २०८० साउन ३० गते १२:१९

पोखरा ।
अगस्ट १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । पोखरामा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ पोखरा) ले युवा उद्यमी तथा छात्रछात्रासँग अन्तक्रिया आयोजना गरी मनाएको छ ।


मञ्चले उनीहरुसँग नेपालमा युवा उद्यमीले व्यवसायमा भोग्नुपरेको चुनौती र अवसरका बारेमा छलफल गरेका छन् । व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाको भूमिका दर्शाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।


कार्यक्रममा एनवाइइएफ पोखरा अध्यक्ष निरन केसीले मञ्च द्वन्द्वकालमा युवा व्यवसायी पलायन भईरहँदा त्यसलाई रोक्नका लागि स्थापना भएको स्मरण गरे । उनले संस्थाले विशेषगरी युवालाई लक्ष्य गरी विभिन्न प्रकारका कार्यक्रम गर्ने गरेको जनाए ।

Advertisement


कार्यक्रममा युवा युद्यमी मञ्चका पूर्व केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखे, केसी ग्रुपका प्रबन्ध निर्देशक किरण केसी, विग स्प्लास वाटर पार्कका प्रबन्ध निर्देशक अमितराज मुल्मी र मिडटाउन ग्यालेरियाका प्रबन्ध निर्देशक निकेश द्वासँग अन्तक्रिया भएको छ ।
अन्तक्रियाका सहभागीलेसरकारले बर्सेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको गुनासो गरे ।

Advertisement

तपाईको प्रतिक्रिया