बढी नाफा नलिन उद्योग वाणिज्य संघकाे आग्रह

समाधान संवाददाता २०८० साउन ३० गते १२:२४

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले तोकिएभन्दा बढी मूल्यमा वस्तु तथा सामान बिक्री नगर्न व्यवसायीलाई आग्रह गरेको छ । सँगसँगै संघले आवश्यकताभन्दा बढी सामग्री सञ्चय नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।


पछिल्ला केही दिनयता पोखरासहित देशभर तरकारी तथा उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ । मानिसको यस्तो गुनासो आएपछि संघले कानुनले तोकेभन्दा बढी नाफा नलिन व्यवसायीसँग आग्रह गरेको हो ।


पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘लगानी गर्नु र लागत मूल्यमा तोकिएको नाफा जोडेर बिक्री–वितरण गर्नु व्यवसायीको अधिकार र कर्तव्य हो । तर, बढी मुनाफा खोज्ने व्यवसायी एवं बजारको चक्र प्रभावित हुने गरी सामानको सञ्चय गर्ने उपभोक्ताको प्रवृत्तिको पनि खिलापमा छ ।’

Advertisement


विज्ञप्तिमा संघ स्वतन्त्रतापूर्वक व्यवसाय गर्न तथा नाफा लिन पाउने अधिकार एवं उपभोक्ताको हकको पक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा माग र आपूर्ति चक्रलाई स्वभाविक गतिमा अगाडि बढाउने वातावरण निर्माणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया