केदारेश्वर आश्रमलाई डेढ लाख सहयाेग

समाधान संवाददाता २०८० साउन ३० गते १३:३३

पोखरा ।
बाबु भानुभक्त पहारीको स्मृतिमा पोखरा ६ बैदामका हेमराजको परिवारले केदारेश्वर आश्रम सञ्चालनका लागि सहयोग गरेको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिका संस्थापक उपाध्यक्षसमेत रहेका भानुभक्तको स्मृतिमा हेमराजको परिवारले १ लाख ५० हजार सहयोग गरेको हाे ।


समितिका स्वामी डा लेखनाथ आचार्यलाई उक्त रकम हस्तान्तरण गरिएको छ । बाबुको स्मृतिमा आफ्नो जन्मदिनमा केदारेश्वरमा अक्षयकोष स्थापना गरिएको हेमराजले सुनाए । पहारी परिवारले आश्रममा रहेका विद्यार्थी तथा अन्य सहभागीलाई दिवा खानासमेत खुवाएको छ । डा आचार्यले विभिन्न दाताको सहयोग र मन्दिरमा प्राप्त दानबाटै आश्रम सञ्चालन हुँदै आएको बताए ।


पहारी परिवारले गुल्मीको श्रीराम मन्दिर रुद्रवेणीमा रहेको वृद्धाश्रममा समेत आइतबार बिहानको खानाको व्यवस्था गरेको हो । यो आश्रममा अहिले ३२ वृद्धवृद्धा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया