पोखरामा मनाइयो ट्होंटे पर्व 

समाधान संवाददाता २०८० साउन ३० गते १७:४०

पोखरा ।

तमु समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होंटे पर्व पोखरामा आज भव्यताका साथ मनाइएको छ । पोखरामा मङ्गलबार वृहत् र्‍यालीसहित तमु समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्व ट्होंटे मनाएका हुन् । उभौली र उँधौली ट्होंटेका रूपमा यो पर्व वर्षको दुई पटक मनाइन्छ । चैत र साउनको अन्तिम मङ्गलबार धूमधामले यो पर्व मनाउने गरिन्छ ।

र्‍यालीमा सहभागीले गुरुङका संस्कार, संस्कृति जनाउँदै भेषभूषामा सजिएर विभिन्न नृत्य र भूत भगाउने अभिनय प्रदर्शन गरेका थिए । र्‍यालीमा तमुसहित अन्य जातीय समाजका प्रतिनिधिसमेत सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया