हराएका ३ मध्ये २ बालिका काठमाडौंमा भेटिए

समाधान संवाददाता २०८० साउन ३१ गते ११:२७

पोखरा ।

पोखराबाट एकै दिन हराएका ३ बालिकामध्ये २ जना परिवारको सम्पर्कमा आएका छन् । गत साउन १९ गतेदेखि सम्पर्क विहीन भएका २ जना बालिका परिवारको सम्पर्कमा आएका हुन् । पोखरा २ बिन्ध्यवासिनी बस्ने १४ वर्षीया मनिका परियार र १४ वर्षीया राधिका परियार सम्पर्कमा आएको परिवारले जनाएको छ । परिवारिक स्रोतका अनुसार मनिका र राधिका काठमाडौं छन् ।


मोबाइल लोकेसनका आधारमा उनीहरू भेटिएका हुन् । बालिकाहरू काठमाडौं रहेको थाहा पाएपछि आफूहरू पनि काठमाडौं जाँदै गरेको मनिकाकी आमा सीताले बताइन् । उनले भनिन्, ‘राधिका र मनिका काठमाडौंमा रहेछन् । हामी लिन जाँदै छौँ ।’

Advertisement


१३ वर्षीया एलिसा परियार भने अझै सम्पर्क विहीन छिन् । गत साउन १९ गते विद्यालय जान्छु भनेर हिँडेका ३ बालिका परिवारको सम्पर्कमा थिएनन् । एलिसाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


मनिका र राधिका पोखराको राष्ट्रिय मावि टुँडिखेलमा अध्ययन गर्छन् भने एलिसा विन्ध्यवासिनी माविमा पढ्छिन् । तीनै जना काठमाडौं सँगै गएकोमा पछि एलिसा सम्पर्कविहीन भएकी हुन् । तीनै जना सेतो सट, नीलो स्कटको स्कुल ड्रेसमै सम्पर्कविहीन भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया