सामसङ ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ पोखरामा

समाधान संवाददाता २०८० साउन ३१ गते १३:२१

पोखरा ।
सामसङ नेपालले पोखरामा मंगलबार रिटेलर मिट कार्यक्रम आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित २० जनाभन्दा बढी व्यापारी साझेदारहरुको सहभागिता थियो ।


हालै बिक्री सुरु गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताबारे जानकारी गराइएको थियो । ती मोबाइलका विशेषताहरु पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रीन, इमर्सिभ भिउइङ, सेल्फी र आइपिएक्सएट जानकारी गराइएको थियो ।


‘दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ,’ कम्पनीले भनेको छ, ‘मुख्य स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेका लागि पुनः डिजाइन गरिएको छ ।’

Advertisement


ती मोबाइल सेटमा आइपिएक्सएटको समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विन्डो र पछाडि कभर दुवैतिर गरिएको छ । ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका तर्फबाट रवि क्षेत्रीले मोबाइलका विशेषताहरुबारे जानकारी प्रस्तुत गरेका थिए ।


ग्यालेक्सी जेड फ्लिप ५ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस,
उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । यो मोबाइल तीन प्रकारका रङहरु मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ । यो एकै प्रकार (८ प्लस २५६ जिबी) मा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

Advertisement


ग्यालेक्सी जेड फोल्ड ५ मा वाइड स्क्रिन छ । धेरै समय चल्ने ब्याट्री यसको अर्काे विशेषता हो । हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ । ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङहरुमा पाइन्छ । १२ जिबी मेमोरी सहितका २५६ जिबी र ५१२ जिबी भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबी) को मूल्य २ लाख २६ हजार ९ सय ९९/ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस ५१२ जिबी) को मूल्य २ लाख ३९ हजरा ९ सय ९९ रुपैयाँ छ ।


यी मोडलहरुको प्रिअर्डर साउन २२ गतेदेखि नै सुरु भइसकेको छ । हरेक फोल्डयोग्य डिभाइसको प्रिअर्डरमा ग्राहकहरुले २५ हजार रुपैयाँसम्मको फाइदा हुने छुटाउनै मुस्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्छन् । प्रि अर्डर उपहारहरु यसप्रकार छन् ।


ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रति महिना ७ हजार रुपैयाँसम्मको न्यूनतम इएमआई तिरेर फोन किन्न सक्छन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देशभरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ ।


ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सामसङले एकपटकका लागि एनएलजी इन्सुरेन्ससँगको सहकार्यमा ब्रेकेज बिमा सेवा पनि उपलब्ध गराएको छ । एक वर्षभित्रमा एकपटकका लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया