८ वर्षपछि प्रजापतीले ल्याए तीज गीत

समाधान संवाददाता २०८० साउन ३१ गते १३:२४

पोखरा ।

वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापती पराजुलीले ८ वर्षपछि तीज गीत बजारमा ल्याएका छन् । गायक प्रजापतीले ८ वर्षपछि तीज गीत वेदनाको पोको (सन्देश) भाग १३ बजारमा ल्याएका हुन् । गीतमा भ्रष्टाचारविरुद्ध तीज गीत प्रतियोगिता शैलीमा सन्देश प्रस्तुत गर्न खोजिएको छ ।


गीतमा शब्द र लय वरिष्ठ गायक प्रजापतीको छ भने स्वर चर्चित लोक तथा दोहोरी गायिका प्राज्ञ सरला पाण्डको छ । प्रजापतीले पछिल्लोपटक २०७२ को तीजमा संविधान आएन भन्ने सन्देशमूलक गीत बजारमा ल्याएका थिए ।

Advertisement


पराजुलीले २०३७ सालदेखि दोहोरी गाउन थालेका हुन् । उनले यसअघि १२ वटा बजारमा ल्याएसकेका छन् । पछिल्लो ८ वर्ष नयाँ पुस्ताका गीतहरुलाई हेरेर बसेको गायक प्रजापती सुनाए । ‘नयाँ पुस्ताका गीत हेरें, गीतका विकृति देखेर निराश भएँ । ८ वर्षपछि यसपालि गीत बजारमा ल्याएँ,’ उनले भने ।


गीतमार्फत समाजका रहेका भ्रष्टाचार कसरी कम गराउने भन्ने विषयमा देखाउन खोजिएको प्रजापतीले बताए । ‘समाजमा विकृति, विसंगति बढेर गएका छन्, भ्रष्टाचार बढेका छन्, यो गीतले ती सबै विकृतिलाई कसरी रोक्ने भन्ने सन्देश दिन खोजेको छ,’ उनले भने । गायिका पाण्डेले गीतबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया