हिमालयनको रजत वर्षमा योग शिविर

समाधान संवाददाता २०८० साउन ३१ गते १४:१०

पोखरा ।
लायन्स क्लब अफ पोखरा हिमालयनले आफ्नो रजत वर्षको अवसरमा योग शिविर आयोजना गरेको छ । क्लबले पोखरा ४ स्थित गणेश गुठी भवनमा मंगलबारदेखि ५ देखि ५ दिने शिविर सुरु गरेको हो ।


क्लबका अध्यक्ष नवीन नापितको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक ३२५ बि का एओजी अमृत बराल, कार्यक्रम संयोजक विकासशंकर पालिखे, योग प्रशिक्षक कमला नापित, गणेश गुठीका अध्यक्ष कृष्णहरि पालिखे, जोन चियरपर्सन अमृत पौडेल, क्लबका सचिव कविन्द्रमान पालिखे लगायतले बोलेका थिए ।


गत साता पोखरा ३२ स्थित राधाकृष्ण वृद्ध आश्रमलाई क्लबले ७० हजार रुपैयाँको खाद्यान्न सामग्री तथा पोखरा ३ नदीपुरमा रहेको महर्षी गुरुकुल वेद विद्याश्रमलाई हिमालयन महिला समूहका ‘भाउजूहरु’द्वारा ८४ हजार पर्ने सोलार वाटर हिटर र संस्थापक सचिव अशोक श्रेष्ठले २५ प्लास्टिक कुर्सी हस्तान्तरण गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया