पोखरा १३ मा एकैदिन ३५० जनाले लिए निशुल्क आँखा शिविरबाट लाभान्वित

समाधान संवाददाता २०८० साउन ३१ गते १५:४८

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १३ले वडाबासीको निशुल्क आँखा शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ । एकैदिन निःशुल्क आँखा शिविरबाट वडाभित्र ३ सय ५० जनाले आँखा शिविरमा उपस्थित भएर चेकजाँच गरेको वडाध्यक्ष किरण बरालले बताए । उनका अनुसार बुधबार वडाकार्यालयमै गरिएको शिविरमा ३ सय ५० जनाले सहभागी भएका हुन् ।


आँखाको उपचारका लागि मंहगो खर्चेर ठूला हस्पताल धाउनुपर्ने बाध्यतालाई वडाभित्रै शिविर सञ्चाल गरिएको वडाध्यक्ष बरालले बताए । स्वास्थ्य उपचारका शिविर वडामा सञ्चालन गर्दा विरामी अशक्त र वृद्धाहरुलाई विशेष फाइदा पुगेको वडाध्यक्ष बरालले सुनाए । वडामा स्वास्थ्य शिविरबाट यति धेरै वडाबासीले सहभागी भएका हुन् ।

Advertisement


आगामी दिनमा पनि यस्तै खाले स्वास्थ्य शिविर आयोजना गरिने वडाअध्यक्ष बरालले बताए । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उनको भनाई छ । शिविरमा मोतीबिन्दु, मासु पलाएकोलगायत रोगको निशुल्क शल्यक्रियालगायत आँखासम्बन्धि सम्पूर्ण उपचारहरु निःशुल्क प्रदान गर्दै जाने बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया