प्रदेश सभामा वन विधेयकमाथि छलफल जारी

समाधान संवाददाता २०८० साउन ३१ गते १६:१६

पोखरा ।

गण्डकी प्रदेशसभामा बुधबार गण्डकी प्रदेश भित्रका वनलाई नियामन र व्यवस्थापन गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको छ ।

बुधबार बसेको प्रदेश सभामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले सदनमा उक्त विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको हो । प्रस्ताव पेश भएसँगै प्रदेशसभामा विधेयक माथि छलफल जारी छ ।

Advertisement

उक्त विधेयक मंगलबार प्रदेश सभामा टेबल भएको थियाे । २४ गते प्रदेश सभामा दर्ता भएको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थापाले सदनमा पेस गरेका थिए । विधेयकमा वन संरक्षण क्षेत्र र विशेष वनको व्यवस्था गरिएको छ । वन सम्वद्र्धन प्रणालीमा आधारित सामुदायिक, साझेदारी र चक्ला वनको व्यवस्था, सार्वजनिक निजी साझेदारीमा पर्यापर्यटन तथा वन उद्यम विकास गर्न सकिने व्यवस्था गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया