फिर्के खाेलाकाे सीमांकन अन्तिम चरणमा

समाधान संवाददाता २०८० साउन ३२ गते १०:२८

पोखरा ।
फिर्के खोलाको सीमांकन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी यसको सीमांकन सुरु गरिएको थियो ।


पोखरा १७ गाईघाटबाट सुरु गरिएको सीमांकन पोखरा १८ पोखरा बेसी टोल पुगेको छ । सीमांकन कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सयभन्दा बढी खम्बा खोलाको दायाँबायाँ गाडिएका छन् । अब खोलाको ५ सय मिटर क्षेत्रमा सीमांकनको काम बाँकी छ ।


पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजना अन्तर्गत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरण कार्यक्रम सुरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको तयारी छ । उनका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितका पूर्वाधार निर्माण गरिनेछ । अतिक्रमित संरचना हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्के खोलाको सीमांकन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनहरूसहित ४० जना परिचालित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया