माथ्लो मुस्ताङको यातायात सम्पर्क बिच्छेद

सुन्दरकुमार थकाली २०८० साउन ३२ गते १०:४१
उपल्लो मुस्ताङ जोड्ने छुसाङ—चैले पुलमा कालिगण्डकी कटानले क्षति । तस्विरः लोप्साङ छोम्फेल बिष्ट ।

जोमसोम ।
कालिगण्डकी नदी कटानका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ मा अवस्थित माथ्लो मुस्ताङ जोड्ने छुसाङ—चैले ७६ मिटर लामो पक्की मोटरेबल पुलमा क्षति पुगेको छ । कालिगण्डकी नदी कटानले छुसाङ—चैले पक्की पुलको दक्षिण÷पश्चिमतर्फको एप्रोज सडकमा क्षति बनाउँदा बुधबार बिहानदेखि सडक यातायात अवरुद्ध भएको हो ।


नदी कटानले दक्षिण—पश्चिमतर्फको एप्रोज सडकको सुरक्षाका लागि निर्माण गरिएको २ दर्जन ग्याबिन वालमा क्षति हुँदा एप्रोज सडकको एप्रोज भासिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । कालिगण्डकी नदी कटानले एप्रोज सडकको तल करिब १० मिटर जति जमिन खोतल्दै खोक्रो पारेको अध्यक्ष बिष्टले उल्लेख गरे ।

नदी कटानले सडककाे तल करिब १० मिटर जति खाेक्राे

Advertisement


छुसाङ—चैले सडक अवरुद्ध भएसँगै माथ्लो मुस्ताङको सिधा यातायात सम्बन्ध बिच्छेद भएको हो । एप्रोज सडक अस्थायी रुपमा निर्माण गर्ने पहल भइरहेको अध्यक्ष बिष्टको भनाइ छ । छुसाङ—चैले पक्की पुलमा २०७६ सालमा दुईतर्फी ग्याबिन वाल निर्माण गरी माटो फिलिङ गरेर यातायात सञ्चालन गरिएको थियो ।


माथ्लो मुस्ताङको जोड्ने छुसाङ—चैले पक्की मोटरेबल लोकल रोड ब्रिज प्रोग्राम (एलआरबिपी)ले २०७१ सालमा ४करोड ७३ लाखमा ठेक्का लगाई निर्माण सुरु गरेको थियो । पुल निर्माण चरणको अन्तिममा पुग्दा राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकलाई हस्तान्तरण गरिएको थियो ।

Advertisement


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ कागबेनीमा निर्माणाधीन पक्की मोटरेबल पुल आइतबार साँझ कागखोला बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । बाढीले पक्की पुलसहित कागबेनी मुख्य राजमार्ग सडकको करिब १ सय मिटर सडक ट्रयाकमा क्षति पुगेको छ ।

अहिले कागबेनी मुख्य सडक र छुसाङ—चैले पक्की क्षति भएकाले माथ्लो मुस्ताङमा सवारी आउजाउ बन्द भएको हो । कागबेनीमा निर्माणाधीन २५ मिटरको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको भएपनि निर्माण कम्पनीको बेवास्ता र ढिलासुस्तीले सम्पन्न हुन सकेको थिएन । पुल २०७५ सालमा निर्माण सुरु गरिएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया