पोखरा शारीरिक सुगठन संघको पदस्थापन तथा सम्मान

समाधान संवाददाता २०८० साउन ३२ गते ११:२९

पोखरा ।

पोखरा शारीरिक सुगठन संघको पदस्थापन तथा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा बोल्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य नागरिक उत्पादन गर्न शारीरिक सुगठन जस्ता संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।


उनले सबै मानिस खेल क्षेत्रमा जोडिनुपर्ने धारण राखिन् । खेलकुद स्वास्थ्य बनाउने, मानसिक रोग घट्ने, रमाइलो दिने कारण पनि खेलकुदले हस्पिटलमा बिरामीको चाप घट्ने, मानिसको सोच्ने शक्तिको विकास हुने मन्त्री सिंखडाको भनाइ छ । मन्त्री सिंखडाले खेलकुदका क्षेत्रमा महिलाको न्यून सहभागिता हुने गरेको प्रति लक्ष्य गर्दै हरेक संस्थामा ५० प्रतिशत महिलाको सहभागीता गराउनुपर्नेमा जोड दिइन् ।

Advertisement


पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले वडा कार्यालय खेलकुदका क्षेत्रमा सहकार्य र समन्वय गर्ने सवालमा सधैं प्रतिवद्ध रहेको बताए । पोखरा शारीरिक सुगठनले खेलकुद भन्दा अन्य सामाजिक काम पनि गर्दै आएको उनको भनाइ छ ।


साउन २० गतेको विशेष अधिवेशनबाट अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष विक्रम उदास, द्वितीय उपाध्यक्षमा पूर्ण श्रेष्ठ, महासचिव उमेश सिके, सचिव इन्जिनियर उत्तममान उदास, कोषाध्यक्ष पुष्प उदास चयन भएका थिए । सदस्यमा रञ्जन बुद्धाचार्य, अर्जुन गिरी, गौतम उदास, प्रेम पुन, महेश उदास र प्रवीण वैद्य चयन भएका थिए ।

Advertisement


सल्लाहकारमा पोखरा –३ का अध्यक्ष प्रकाशमान उदास,पवन कुमार प्रजापति, राजु श्रेष्ठ, बुद्ध गुभाजु, शंकरमान उदास, मनोज बिजुक्छे, शान्ता श्रेष्ठ, सुन्दर श्रेष्ठ र भूषणनारायण श्रेष्ठ छन् ।


कार्यक्रममा दक्षिण केरियामा सम्पन्न साउथ एसियन खेलामा तेस्रो भएका सुरेश गुरुङ र जीवन घिमिरे र मिस्टर पोखराका विजेता केशव उदासलाई सम्मान गरिएको थियो । पोखरा शारीरिक सुगठन संघका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बिक्रम उदासले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव उमेश सिकेले गरेका थिए । २१ वर्षअघि २०५८ सालमा स्थापना भएको संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया