हुर्जामा कृष्णको सम्झना

समाधान संवाददाता २०८० साउन ३२ गते १४:२१

पोखरा ।
मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । साउन १९ गते निधन भएका ज्ञवालीको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा बुधबार श्रद्धाञ्जली सभा गरेको हो ।


समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै क्षेत्रलाई अपुरणीय क्षति पुर्‍याएको बताए । उनले लुम्ले कविता गाउँमा आयोजित कार्यक्रमबाट आफूले ज्ञवालीको बहुआयामिक व्यक्तित्वलाई चिन्न पाएकोसमेत स्मरण गरे ।


समीक्षक मदन भण्डारीले राज्यमा बाचेर केही गर्नुपर्नेको असमयमा भएको निधनले आफूलाई मर्माहत तुल्याएको सुनाए ।
समाजसेवी सुमित्रा जिसीले गाउँ समाजमा आँखामा राख्दा पनि नबिझाउने व्यक्तित्वका रूपमा ज्ञवालीको स्मरण गरिन् । यसकुमारी जिसी स्मृति कोषका संस्थापक सविन जिसीले ज्ञवालीको निधनले आफूले असल अभिभावक गुमाउनु पर्दा पीडाबोध भएको सुनाए ।

Advertisement


संघका महासचिव सुशील श्रेष्ठले बैंकको जागिर छोडेर पत्रकारितामा समर्पित गरेको ज्ञवालीको सञ्चार कर्मको राज्यबाट उचित सम्मान हुन नसकेकोमा भन्दै चिन्ता व्यक्त गरे ।


हुर्जा गण्डकी अध्यक्ष असफल गौतमले संस्थाको मुखपत्र ‘मानवअधिकार आवाज’को आगामी अंक संस्थापक अध्यक्षको स्मरणमा समर्पण लगायतका गतिविधि गरेर उनको योगदानलाई चिरस्मरणीय बनाउने योजना सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया