पोखरा रंगशालामा बुल्समेन जिम हाउस संञ्चालन

समाधान संवाददाता २०८० साउन ३२ गते १७:२०

पोखरा ।
पोखरा रंगशालामा बुल्समेन जिम हाउस (फिटनेस सेन्टर) सञ्चालनमा आएको छ । कास्की जिल्ला खेलकुदको सहकार्यमा संचालनमा आएको जिम हाउसले २०० जना भन्दा धेरैलाई सेवा प्रदान गर्दै आएको छ ।


जिम हाउस सञ्चालन गर्नुको कारण सक्षम खेलाडी उत्पादन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई ओरिटेसन गर्ने साथै खेल क्षेत्रमा निरन्तर लागिरहन प्रेरणा दिने रहेको सञ्चालक विमल खाड्ले बताए ।


स्वस्थ र निरोगी बन्न सहयोग गर्नुका साथै शरिरको मोटोपन घटाई ग्राहकलाई स्वस्थ बन्न जिम हाउसले टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । जिम हाउसमा आएपछि, शारिरीक अवस्थामा सुधार आएको प्रशिक्षार्थी सितल केसीले बताइन् । प्रशिक्षक असल र अनुभवी रहेको उनको भनाइ छ ।

Advertisement


जिम हाउसमा मोटोपना घटाउनेबढाउने बडि बिल्डींङ, स्ट्रेन, पावर, काडियो ट्रेनिङको सुविधा रहेको खड्काले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया