श्रमिकको पारिश्रमिक १७ हजार पुग्यो

समाधान संवाददाता २०८० भदौ १ गते १०:४५

पोखरा ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो ।


मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएको हो । आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो ।


यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो । त्यस्तै दैनिक पारिश्रमिक ६ सय ६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ । आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको छ ।

Advertisement


मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया