क्याटवाकमा भाेली कुटुम्ब र त्रिशालाले प्रस्तुती दिने

समाधान संवाददाता २०८० भदौ १ गते १४:५०

पोखरा ।

पोखराको खहरेचोकस्थित क्लब क्याटवाकको पहिलो वार्षिकोत्सवका अवसरमा गायिका त्रिशाला गुरुङ र कुटुम्बको अल्फान्जो लाइभ प्रस्तुति हुने भएको छ ।

क्लब क्याटवाकको पहिलो वार्षिकोत्सवका अवसरमा यहि भाद्र २ शनिबार साँझ ५ बजेदेखि नेपालकै चर्चित सांगीतिक ब्याण्ड कुटुम्ब तथा गायिका त्रिशाला गुरुङसँगै डिजे बिकी कुल र गायक राजकुमारको प्रस्तुति रहने क्लबका प्रबन्ध निर्देशक गुप्ता लामाले बताए ।

Advertisement

उनका अनुसार सांगीतिक कार्यक्रम साँझ ५ देखि राती १० बजेसम्म हुनेछ । जसमा पोखराका प्रतिष्ठीत व्यक्तित्वहरुको निमन्त्रणा समेत गरिएको छ । राती १० बजेपछि भने कुटुम्बको प्रस्तुति रहने उनले बताए ।

वार्षिकत्सवका अवसरमा क्लब प्रवेशमा शुल्क नलाग्ने जानकारी उनले गराएका छन् । भदौ महिना भरि ग्राहकहरु निशुल्क प्रवेश गर्न पाउनेछन् । साथै अन्य सेवामा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

Advertisement

एक वर्ष अघि खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटकमा २ हजार भन्दा बढीले सेवा लिन पाउँछन् । अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोरमा, म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्याटवाकमा आकर्षक रेष्टुरेण्टको पनि सुविधा रहेको छ । पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब क्याटवाक हो ।

तपाईको प्रतिक्रिया