गायक न्यौपाने अभिनन्दित

समाधान संवाददाता २०८० भदौ ४ गते ११:३०

पोखरा ।
नेपाली लोकगीतको संरक्षण र उन्नयनका निम्ति अनवरत रूपमा साधनारत पुरुषोत्तम न्यौपानेलाई पोखरा आदर्श सेकेन्डरी स्कुलले अभिनन्दन गरेको छ । कक्षा ११ का नवआगन्तुक विद्यार्थीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा लोक गायक न्यौपानेलाई अभिनन्दन गरिएको प्राचार्य फडिन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।


उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष हुन् । गायक न्यौपानेले विद्यालयको स्कुल गीत ‘नराम्रो सोचाइमा डुल्न हुँदैन’मा स्वर दिएका थिए । समारोहमा गीत गायन तथा रचना गर्ने नेपाली भाषा विषयका शिक्षक ज्ञानेश्वर सुवेदी, एवं साइडमा स्वर दिने बाल कलाकारहरु संस्कृति सुवेदी, रोधा तामाङ, अभिषेक आचार्य, अस्मित पराजुली, निरुता श्रीसलाई समेत सम्मान गरिएको छ ।


कार्यक्रममा गायक न्यौपानेले लोकगीतमार्फत विद्यार्थीलाई पढ्न, लेख्नका लागि अभिप्रेरित गरे । उनले केही सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरे ।

Advertisement


पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक विज्ञान संकायका डीन सहप्राडा अजय थापाले अहिलेको विद्यालय शिक्षा व्यवहारिक, जीवनोपयोगी र सीपमूलक हुनुपर्ने बताए । उनले त्यस्तो शिक्षा प्रदान गर्न विद्यालयलाई सुझाव दिए ।

कार्यक्रममा लेकसिटी कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुली, माउन्ट भ्याली कलेजका प्रमुख नारायण न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज सापकोटा, शिक्षक ज्ञानेश्वर सुवेदी, विद्यार्थीहरु ऋचा अधिकारी, भैरव श्रीपाली, नम्रता आचार्य ईश्वर रसाइली र आयुशा आचार्यले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया