४० जनालाई मन्टेसरी दीक्षा

समाधान संवाददाता २०८० भदौ ५ गते ११:२७

पोखरा ।

पोखरा महानगरपालिका–२७, तालचोकमा रहेको भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरबाट दीक्षित ४० जना प्रशिक्षकहरुलाई गत शनिबार प्रमाणपत्र वितरण गरिएको छ । ट्रेनिङ सेन्टरको छैटौं वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा उक्त प्रशिक्षार्थीहरुलाई दीक्षित गरिएको हो ।


उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका पराजुली, उद्ममी मेनुका श्रेष्ठ, लेकसिटी मन्टेसरीका प्रिन्सिपल प्रभा पौडेल, लिटल स्टार मन्टेसरीकी प्रिन्सिपल प्रविना विश्वकर्मा लगायतको उपस्थिति थियो । कार्यक्रमका वक्ताहरुले भिजन मन्टेसरीले स–साना बालबालिकाहरुको सुन्दर भविष्य निर्माणका लागि शिक्षण गर्ने शिक्षकहरुका लागि महत्वपूर्ण तालिम प्रदान गरेको र आगामी दिनमा दीक्षित हुने व्यक्तिहरुले भिजनको लक्ष्य तथा उद्देश्य अनुसार कार्य गर्ने विश्वास व्यक्त गरे ।

Advertisement


बालबालिकाको पहिलो शिक्षक हुन पाउनु र बच्चाहरुको सुन्दर भविष्य निर्माणमा लाग्न पाउनु ठूलो कुरा रहेको बताएका थिए । वक्ताहरुले यस्तो पवित्र र सुन्दर कार्यमा लाग्न चाहने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई एवं सफलताको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रमको अध्यक्षता भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक दुर्गा सिग्देलले गरेकी थिइन् । कार्यक्रम सञ्चालन मन्टेसरीका प्रशिक्षार्थी सुष्मा केसीले गरेकी थिइन् । भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरले ६ वर्षदेखि पोखरा–२७ मा रहेर मन्टेसरीविधि लगायत माध्यमबाट बालमैत्री शिक्षण पद्दतिमा प्रयोग हुने विधिहरुमा तालिम प्रदान गर्दै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया