बाल कल्याणलाई गोल्डेन ढाका टोपी

समाधान संवाददाता २०८० भदौ ६ गते ११:१३

पोखरा ।
गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको तेस्रो संस्करणको उपाधि बाल कल्याण हाइ स्कुलले हात पारेको छ । शुक्रबार भएको ग्रान्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई उछिन्दै बाल कल्याणले उपाधि हात पारेको हो ।


बाल कल्याणले शीर्ष उपाधि गोल्डेन ढाकाटोपीसहित १ लाख रुपैयाँ हात पारेको प्रतियोगिता संयोजक अमन तामाङले जानकारी दिए । मिरर किङ इन्टरटेन्मेन्ट र बिटुडी डान्स स्कुलले गर्दै आएको प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशका १५ विद्यालय प्रतिस्पर्धामा थिए ।


प्रतियोगितामा सोसल पब्लिक स्कुल दोस्रो भई ट्रफीसहित ७५ हजार रुपैयाँ हात पारेको छ । तेस्रो बनेको बेसलाइन एकेडेमीले ट्रफीसहित ५० हजार रुपैयाँ पाएको छ । तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय सामूहिक नृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुल र भाष्कर मेमोरियल स्कुल क्रमशः चौंथो र पाँचौं बनेका छन् ।

Advertisement


उनीहरुले ट्रफीसहित क्रमशः ३० हजार रुपैयाँ २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा छैठौं बनेको सबलाइम इंग्लिस स्कुलले १० हजार रूपैयाँ प्राप्त गरेको छ । प्रतियोगिता संयोजक तामाङले कास्की मोर्डनाइज्ड स्कुललका युवराज गुरुङले उत्कृष्ट नृत्य निर्देशकको उपाधि जितेको जानकारी दिए ।


‘बेस्ट कोरियोग्राफरले गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँ जित्नुभयो,’ उनले भने । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् । प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य संघ, संस्थाले सहयोग गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया