जस्मिन पेन्ट्सको उपहार योजना

समाधान संवाददाता २०८० भदौ ६ गते १२:४४

काठमाडौं ।
जस्मिन पेन्ट्सले आउँदै गरेका विभिन्न चाडपर्वलाई लक्ष्य गर्दै आकर्षक अफर ल्याएको छ । आउँदै गरेका चाडपर्वहरुमा थप खुसी प्रदान गर्ने उद्देश्यका साथ यही भदौ १ गतेदेखि मंसिर १५ गतेसम्मका लागि ग्राहक लक्षित ‘रंगीन पल खुसी डबल’ ग्राहक उपहार योजना लागु गरेको कम्पनीले जनाएको छ ।


यस योजनामा सहभागी हुन ग्रहाकहरुले नजिकैको डिलरहरुबाट कम्तीमा ७५ हजार रुपैयाँ (भ्याट सहित)को जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिने कम्पनीले जनाएको छ ।


अफर अन्तर्गत ४०० जना गाहकहरुले विभिन्न उपहार पाप्त गर्न सक्नेछन् । जस अन्तर्गत १ जनाले यामाहा रे जेड स्कुटर, ७ जनाले रेड्मी १२ स्मार्ट मोबाइल फोन, २० जनाले एक्यु फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई २.८ लिटर इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।

Advertisement

३० वर्षदेखि निरन्तर रुपमा रङ उत्पादन गर्दै नेपालभरि नियुक्त डिलरहरु मार्फत ‘नेपाली मनको नेपाली रङ’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरु नेपाली ग्राहक समक्ष पुर्‍याइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया