‘उपहार’मा अनुबन्धित भए तेज

समाधान संवाददाता २०८० भदौ ६ गते १६:५२

लेखनाथ ।
पछिल्लो फिल्म ‘प्रेमगन्ज’बाट चर्चा कमाएका अभिनेता तेज गिरीले कलाकारको बलियो लाइनअप भएको फिल्म ‘उपहार’मा नायकको भूमिकामा अनुबन्धित भएका छन् ।


उनीसँगै फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, समर्पण कार्की मुख्य भूमिकामा देखिँदैछन् । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको चलचित्रको हाल वर्कसप चलिरहेको छ । अब केही दिनमा छायाकन सुरु हुँदै छ ।


प्रेमगन्जपछि धेरै चलचित्रमा काम गर्न अफर आए पनि निर्माण टिम र यस चलचित्रले उठान गर्न खोजेको विषयवस्तु मन परेको कारण यसमा काम गर्ने निर्णयमा पुगेको तेजले सुनाए । तेज १ दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् ।

Advertisement

तपाईको प्रतिक्रिया