तेर्सापट्टीमा एकीकृत प्रजनन् स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० भदौ ११ गते १३:१०

पोखरा ।
बुहारी समूह पोखरा ३ तेसापट्टीको आयोजनामा शनिबार निशुल्क एकीकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोग तथा विद्याज डाइट एन्ड फिटनेस सेन्टर प्रालि र पोखरा महानगरपालिका वडा नम्बर ३ कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो ।


पोखरा महानगरपालिकाको तेर्सापट्टीस्थित श्रीवन्त कीर्ति बिहारमा आयोजित शिविरमा करिब ४ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविर उदघाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश उदासले यस प्रकारका शिविरहरुले महिलाहरुको प्रजनन् स्वास्थ्यमा व्यापक सुधार ल्याउन सहयोग गर्ने उल्लेख गरे । उनले जनताको आवश्यकता र चाहनालाई बुझेर आफूले काम गर्ने प्रयास गरिरहेको बताए ।


नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्थानीय सरकारसँगको सहकार्यमा कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै अब छिट्टै वडासँग मिलेर अन्य कार्यक्रमहरु गर्ने अपेक्षा रहेको बताए ।

Advertisement


त्यस अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ३ का सचिव चन्द्रावती वाग्ले, परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, विद्याज डाइट एन्ड फिटनेस सेन्टर प्रालिका श्रीविद्या कायस्थ लगायतले बोलेका थिए । बुहारी समूहका अध्यक्ष निलम उदासको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एलिशा श्रेष्ठले स्वागत र सचिव ज्योति उदासले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया