मुस्ताङका पत्रकारहरुको रोहबरमा मुस्ताङ प्रहरीको कार्यसम्पादन सार्वजनिक

समाधान संवाददाता २०८० भदौ ११ गते १३:४७

जोमसोम—जिल्ला प्रहरी कार्यालय मुस्ताङ र स्थानीय पत्रकारबीच बुधबार भेटघाट तथा अन्तरक्रिया भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा जिल्ला प्रहरी कार्यालयको सभाहल जोमसोममा पत्रकार भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
गत आर्थिक वर्ष २०७९/०८० मा सम्पादित कार्यक्रमहरुको समिक्षा र प्रगती विवरण सार्वजनिक गर्न मुस्ताङ प्रहरीले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले गतवर्ष सम्पादित कार्यक्रमहरुको विस्तृत प्रगती विवरण पत्रकारहरुको उपस्थितीमा सार्वजनिक गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले गम्भिर प्रकृतिका ८ थान फौजदारी मुद्धाको कार्यसम्पादन भएको जनाएको छ । जसमा कर्तव्य ज्यान मुद्धा १, जबज,कर्तव्य ज्यान र डाँका १,जजक(हाडनाता) मुद्धा १, हातहतियार तथा खरखजाना मुद्धा २,ठगी १ ,नकवजनी (चोरी) मुद्धा १ र डाँकाचोरी १ गरी ८ थान मुद्धाको सफल अनुसन्धान भएको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले उल्लेख गरे ।
मुस्ताङमा गत आर्थिक वर्ष २०७९/०८० मा कुल ४१ थान मुद्धा दर्ता भएका थिए ।यसको अघिल्लो दुई आर्थिक वर्षमा क्रमशः ३५ र ३७ थान मुद्धा दर्ता भएका थिए ।अघिल्लो आर्थिक वर्षमा हाईअल्टिच्युडका कारण मृत्यु भएको विवरण मुद्धा रुपमा कार्यसम्पादन गरिने गरिएकोमा गता आ.व. त्यस्ता प्रकृतिका घटनालाई मुद्धाको रुपमा समावेश नगरिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।
गत आर्थिक वर्षमा मुस्ताङ प्रहरीले ९२ जनालाई पक्राउ गरेकोमा ४२ जनालाई मुद्धा चलाएको थियो भने ५० जनालाई अनुसन्धानपछि छोडिएको थियो ।प्रहरीले फरार अपराधीहरु ५ जना पक्राउ भएको र १९ वटा पेण्डिङ मुद्धा फर्छेयोट भएको बताएको छ ।
मुस्ताङ प्रहरीले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ घमीमा विगत ३ वर्षदेखि रिक्त प्रहरी चौकी घमी कार्यालयको पुनस्थापना गरेको पत्रकार भेटघाटमा प्रहरी नायव उपरीक्षक पोडेलले जानकारी दिए । भारतीय खुल्ला नाकाबाट भित्रिएको एक अवैध सवारी साधन जफत गरी मुस्ताङ भन्सार कार्यालयलाई बुझाईएको छ भने अवैध रुपमा चलाईएको ५ वटा चाईनिज मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
यसैगरी मुस्ताङका स्थानीय तहको समन्वयमा ईलाका प्रहरी कार्यालय मुक्तिनाथमा १३ थान सिसी टिभि जडान गरिएको छ भने घरपझोङ—४ जोमसोममा १३ थान र प्रहरीको आन्तरिक श्रोतबाट हिरासत कक्षमा २ वटा सिसी टिभि जडान भईसकेको छ । प्रहरीले नियम विपरित निषेधितक्षेत्रमा उडाईएका १३ थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको थियो । अवैद्ध रुपमा उपल्लो मुस्ताङ प्रवेश गर्ने ३ जना विदेशीलाई कारवाही भएको बताएको छ ।

Advertisement


प्रहरीले अपराध रोकथाम तथा नियन्त्रणका लागि समुदाय प्रहरी सााझेदारी कार्यक्रम अन्तर्गत घरेलु हिंसा,ट्राफिक सुरक्षा,साईबर सुरक्षा,आत्महत्या रोकथाम,लागु औषध,वालविवाह लगायतका सचेतनामूलक कार्यक्रम सम्पन्न भएको प्रहरीले उल्लेख गरेको छ ।दरदुराजका गाउँहरुमा मासिक दुई पटक ग्रामिण गस्ती गरी भिलेज प्रोफाईल तयार गरेको ,संघीय,प्रादेशिक र स्थानीय तह निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न गरेको ,मुस्ताङ भ्रमण गर्न आएका पर्यटक मध्ये १८ जनाको हेलि मार्फत उद्दार गरिएको थियो भने ७१ जनाको सरोकारवाला निकायको समन्वयमा उद्दार गरिएको थियो । मुस्ताङ प्रहरीले अघिल्लो आ.व. भन्दा ३ सय प्रतिशत ट्राफिक राजश्व संकलन गरेको छ ।मुस्ताङ भित्रिएका विभिन्न सवारी साधनलाई कारवाही गर्दा ४४ लाख ६४ हजार राजश्व संकलन भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।
मुस्ताङ प्रहरीले बिना शुल्क प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सेवा संञ्चालन गरेको छ ।


प्रहरीले गत आवमा जाडोमा बस्ने दुई वटा हट रुम निर्माण सम्पन्न गरेको छ । मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको अभिलेख कम्प्युटर प्रणालीमा रुपान्तरण भएको बताईएको छ । विदेशी पर्यटकको चेकजाँचलाई कडाईका साथ कार्यान्वयमा ल्याउने व्यवस्था मिलाईएको थियो ।
प्रहरी पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमा थकाली,शाखाकी कोषाध्यक्ष फुलकुमारी नेपाली,महासंघ सदस्यहरु सुनदेवी रसाईली ,निरज थकाली र पत्रकार अमिशा तिलिजा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया