यसपालिको तायाः मचा नृत्य रानीपौवामा

समाधान संवाददाता २०८० भदौ १२ गते १०:४२

पोखरा ।
नेवा खलः कस्कीको आह्वानमा हरेक वर्ष हुँदै आएको तायाः मचा नृत्य प्रतियोगिता यस वर्ष भदौ १६ गते पोखराको रानीपौवामा आयोजना गरिने भएको छ । रानीपौवा टोलले १९ वर्षपछि आफ्नो टोलमा प्रतियोगितात्मक रुपमा ताया मचा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।


यसअघि रानपौवामा ०६१ मा प्रतियोगिता गरिएको थियो । भदौ १६ गते आयोजना स्थल रानीपौवा स्थित गणेश, भीमसेन मन्दिर परिसर, रानीपौवा पोखरा ११ मा रानीपौवा तायाः मचा नाच समितिको आयोजना र व्यवस्थापनमा हुन लागेको मुल संयोजक ईश्वरप्रसाद कर्माचार्यले बताए । ‘आफ्नो भाषा, संस्कृति र सभ्यता संरक्षण र संवर्धन गरौं’ भन्ने नारासहित हुन लागेको प्रतियोगिता बिहान ८ बजेबाट सुरु हुनेछ ।


प्रतियोगिताको कार्यसम्पादनका लागि टोल नाच समिति अध्यक्ष प्रेमप्रसाद कर्माचार्यको अध्यक्षता र ईश्वर कर्माचार्यको मुल संयोजकत्वमा बनेको २१ सदस्यीय टोलीले काम गरिरहेको छ । कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्य सहभागी हुने छन् ।

Advertisement

प्रथम हुने पुरुष समूहले ३ लाख १ रुपैयाँ, दोस्रो समूहलाई रुपैयाँ २ लाख १ रुपैयाँद र तेस्रो हुने पुरुष समूहलाई १ लाख १ रुपैयाँ


प्रतियोगितालाई रोचक बनाउन विभिन्न खाजाका स्टल राखिने भएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन युवा, महिला स्वयंसेवक, नेपाल प्रहरी, एनसिसी क्याडेटको व्यवस्था र सिसी क्योमरा जडान गरिएको छ ।

Advertisement


नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले विसं २०५६ बाट पोखरामा व्यवस्थित तवरले संगठित रुपमा ताया मचा नृत्य आम रुपमा सञ्चालन गरिरहेको बताए । ‘यसअघि ५, ६ वटा नाच निस्किने पोखरामा अहिले आएर ३३ समूहले भाग लिन्छन्,’ पालिखेले भने, ‘यसलाई नेपालको पर्यटनसँग जोडिनुपर्छ । अहिले पर्यटकको बसाइ छोटो भइरहेको समयमा नेवारी जात्रा तथा ताया मचा जस्ता प्रतियोगिताले उनीहरुको बसाई लम्बाउन महात्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।’


पालिखेले अब यो नाचलाई पर्यटनको क्यालेन्डरमा समावेश गरी पर्यटकको आवागमन बढाउने उद्देश्य लिइनुपर्नेमा जोड दिए । पोखरा तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ र शंकर श्रेष्ठले बाआमा हेमकुमार/बालकुमारीको स्मृतिमा १० लाख सहयोग गर्ने भएका छन् ।


यस रकमबाट प्रथम हुने पुरुष समूहले ३ लाख १ रुपैयाँ, महिला समूहलाई रुपैयाँ ४० हजार १ रुपैयाँ, दोस्रो हुने पुरुष समूहलाई रुपैयाँ २ लाख १ रुपैयाँ, महिला समूहलाई रुपैयाँ २० हजार, तेस्रो हुने पुरुष समूहलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुने पुरुषलाई ३० हजार १ रुपैयाँ प्रदान गरिनेछ ।


प्रतियोगिताको प्रवद्र्धकमा पोखरा ११ र गण्डकी प्रज्ञा प्रतिष्ठान छन् । मुख्य प्रयोजकमा बुद्ध एयर तथा प्रायोजकमा मनिपाल कलेज र गण्डकी मेडिकल कलेज रहेको प्रचारप्रसार संयोजक सुवास तझ्याले बताए । नेवार समुदायमा मनाइने चाडपर्वहरु गःठे मंगल (घन्टाकर्ण) बाट सुरु हुन्छन् । श्रावण शुक्ल पूर्णिमादेखि भाद्र अष्टमी ९ दिनसम्म मनाइने चाडलाई गुःपुन्ही भनिन्छ । यही समयमा वर्षाको कामकाजबाट थकित भएका बेलामा शरीरलाई चीसोबाट बचाउन ९ गेडागुडी भिजाएर क्वाँटी बनाएर खाने चलन छ । यसलाई क्वाँटी पूर्णिमा पनि भन्ने गरिएको छ ।


परम्परा अनुसार सापारु अर्थात गाईजात्रा वर्षभरि दिवंगत भएकाहरुको सम्झनामा निकाल्ने गरिएको छ । ऐतिहासिक तथ्यहरुका अनुसार राजा प्रताप मल्लका छोरा चक्रवतेन्द्र मल्लको निधनमा शोकमा परेकी रानीको मनलाई शान्त बनाउन राजाले सो चलन चलाएका थिए । यो चलन पितृको आत्माले शान्ति पाओस् र उद्धार होस् भन्ने कामना गर्दै अहिलेसम्म चल्दै आएको छ ।

तपाईको प्रतिक्रिया